
मोरङ-मोरङको सुन्दर हरैचा नगरपालिका निवासी एक युवतीलाई सामूहिक बलात्कार गर्नेलाई प्रहरीले पक्रउ गरी सार्वजनिक गरेको छ ।
सोमबार राति बलात्कार गर्नेहरुमा ग्रामथान गाउँपालिका–५ निवासी २० वर्षीय सुरेश थानदार, सोही स्थानका २५ वर्षीय कमल पुरी, बेलबारी नगरपालिका–५ निवासी २२ वर्षीय सन्तोष माझी र सोही स्थानका २२ वर्षीय प्रकाशकुमार थारू छन् ।
पक्राउ परेका अभियुक्तमाथि कानूनी कारवाहीको प्रक्रिया शुरु भइसकेको मोरङ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।