शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित अभियुक्त फरार


  • सोमबार, असोज ६ २०७६
42.7K
SHARES

काठमाडौं ।

काठमाडौं जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन्। आइतबार अदालत परिसरकाबाटै ती अभियुक्त फरार भएका हुन्।

सवारी ज्यान मुद्दाको अभियोग खेपिरहेका २८ वर्षीय सनम तामाङ फरार भएको प्रहरीले बताएको छ।

महानगरीय प्रहरी वृत गौशालाले उनलाई सवारी ज्यानमा मुद्दा चलाएको थियो।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागी थुनामा राखेर सुनुवाई गर्ने आदेश दिएसँगै हत्कडीसहित उनि फरार भएका हुन्।

फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा