शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

टिभी वान एचडी टेलिभिजन सय दिनमा


  • बुधबार, असोज १ २०७६
22.5K
SHARES

काठमाडौं ।

नेपालको पहिलो कमेडी च्यानल टिभी वान एचडीले आफ्नो १०० औं दिन पूरा गरेको छ ।

टेलिभिजनले स्थापनाको यो छोटो अवधिमा दर्शक श्रोताको अपार माया पाउन सफल भएको टेलिभिजनले जनाएको छ ।
केवल प्रदायक तथा डिस मिडिया द्वारा देशभरका दर्शकले यस टेलिभिजन मार्फत मनोरन्जन लिइरहेका छन् ।

हाँस्यव्यंग्यलाई मुख्य आधार बनाएर सञ्चालित यस टेलिभिजन बाट प्रशारित कार्यक्रम अन्य टेलिभिजन कार्यक्रमभन्दा पृथक शैलीका छन् ।

हाल यस टेलिभिजनबाट प्रशारित बच्चाहरुको कार्यक्रम कमेडी किड्स, चम्सुरीसँग चिया गफ, प्रयाङ्क, झोला भित्र के होला ?, कमेडी गीतहरुको ट्रेन्डिङ फाएभ, फन्नी कार्यक्रम टिक टक हिट हट, तथा १०० औं दिन सफलताका साथ पार गरेको उपलक्ष्यमा गेस द टेष्ट, फन टक विद काका, लब एक्सप्रेस, माई लाईफ स्टोरी, जस्ता नयाँ कार्यक्रम प्रशारण गर्ने भएको छ ।

यसका साथै पुराना तथाा लोकप्रिय कमेडी गीतको कार्यक्रम क्लासिक कमेडी लगाएत नेपालकै टेलिभिजन इतिहासमा पहिलो पटक स्ट्यान्ड अप कमेडी पनि यसै टेलिभिजनबाट प्रशारण भईरहेको छ ।

यसैबीच, पनाह अधिकारीको खोतलखातल, टुक्का जस्ता हाँस्य टेलिश्रृखंला शीघ्र प्रशारण हुँदैछ ।

टेलिभिजनले आफ्नै देशमा रहेका प्रतिभालाई प्राथमिकताका साथ विभिन्न कमेडी रियालिटी शो प्रशारण गर्ने जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा