शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

चीनलाई रिझाउन सरकारले निषेध गर्‍यो हिमालका ७३ क्षेत्र


  • मंगलबार, भाद्र ३१ २०७६
17.4K
SHARES

चीनसँग सिमानामा जोडिएका ताप्लेजुङदेखि दार्चुलासम्मका ७३ स्थानलाई नेपाल सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । चीनसँग सीमा जोडिएका अधिकांश क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरेको हो ।

सरकारले निषेध गरेको स्थानमा निर्वाध हेलिकोप्टर, ड्रोन उडानमा समेत रोक लगाएको छ ।

गत वैशाख २३ गते बसेको मन्त्रिपरिषद्को निर्णयले ती क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

२०२१ सालमा हिमाली जिल्लाका केही भूभागमात्रै निषेधित क्षेत्र घोषणा गरिएको भए पनि त्यसलाई विभिन्न कालखण्डमा थप्दै ७३ स्थानलाई निषेधित गरिएको छ ।

छिमेकी चीनले पटकपटक दबाब दिएका कारण ती क्षेत्रलाई नेपाल सरकारले चीनलाई रिझाउन निषेधित क्षेत्र घोषणा गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा