
काठमाडौँ ।
गोकर्णेश्वर नगरपालिका युवा, खेलकुद तथा शिक्षा साखाले ‘४०औँ शिक्षा दिवस एवं अन्तराष्ट्रिय साक्षरता दिवस, सम्मान एवं पुरस्कार वितरण कार्यक्रम’ भाद्र २२ गने आइतबार गर्ने भएको छ ।

शनिबार गोकर्णेश्वर नगरपालिकाको हलमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराइएको हो ।

कार्यक्रम अत्तरखेलमा रहेको विद्या संस्कार विद्यालयमा दिउसो १ बजेदेखि सुरु हुने बताइएको छ ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको सभापतित्व एवं काठमाडौँ क्षेत्र नम्वर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्ण राईको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधि, शिक्षाविद, विभिन्न स्कूलका प्रिन्सिपल, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै मेयर चालिसेले कार्यक्रम सभ्य, भब्य बनाउन आफु प्रतिवद्ध रहेको जानकारी गराए । स्थानिय पाठ्यक्रमको निर्णाण गर्न नगरपालिका सफल भएको छ । स्थानिय पाठ्यक्रम एवं अन्य विकासको हकमा गोकर्णेश्वर नगरपालिका नेपालकै पहिलो नगरपालिका बनेको छ मेयर चालिसे भन्छन् ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थी सम्मान, उत्कृष्ट विद्यालय सम्मान, स्थानिय पाठ्यक्रम तयार गर्ने शिक्षकहरुको सम्मान, उत्कृष्ट सामुदायिक विद्यालयका वि.व्य. समतिका अध्यक्ष सम्मान, उत्कृष्ट विषयगत शिक्षक सम्मान गरिनेछ ।




