शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

बूढानीलकण्ठ शैक्षिक मञ्चको ‘नगरस्तरीय तीज गीत नृत्य प्रतियोगिता’ सम्पन्न, फ्युजनलाई उपाधि (फोटोफिचर)


  • बुधबार, भाद्र ११ २०७६
41.1K
SHARES

काठमाडौँ ।
बूढानीलकण्ठ शैक्षिक मञ्चको आयोजनामा ‘दोश्रो नगरपालिका स्तरीय अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता–२०७६’ सम्पन्न भएको छ ।


बूढानीलकण्ठ स्थित बूढानीलकण्ठ पार्टी प्यालेसमा भदौ ९ गते सोमबार सम्पन्न भएको हो ।


बूढानीलकण्ठ नगरपालिकाका सामुदायिक, संस्थागत र गुठीमा रहेका विद्यालयहरु विच प्रतियोगिता गरिएको थियो ।


प्रतियोगितामा ३६ विद्यालयको सहभागिता रहेको थियो । जसबाट यस वर्षको ‘दोश्रो नगरपालिका स्तरीय अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता–२०७६’ को उपाधि विष्णुमतीमा रहेको फ्युजन एकेडेमीले जितेको छ ।

लोयल्टी एकेडेमी दोश्रो, फेरिल्याण्ड इन्टरनेशनल स्कूल तेश्रो, हिमालय बोर्डिङ्ग हाई स्कूल, शिशु मिलन इङिलस हाई स्कूल र नौलिन माध्यमिक विद्यालयले सान्त्वनाको उपाधि पाएका छन् ।


सोमबार नै विजयी विद्यालयलाई ट्रफी, मेडलद्धारा पुरस्कृत गरिएको थियो ।


राष्ट्रिय गानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई) को प्रमुख आतिथ्यतामा गरिएको उक्त पुरस्कार वितरण कार्यक्रममा प्रदेश नम्वर ३ का प्रदेशसभा सदस्य भिमसेन खत्री, विजय कुमार बस्नेत स्मिृति प्रतिष्ठानका संरक्षक विनय वस्नेत, बुनपा वडा नम्वर ३ का वडाअध्यक्ष बालकृष्ण श्रेष्ठ, प्याब्सन बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष खेम राज घिमिरे, गणेश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिश्चन्द्र केसी, अपेन बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष राज कुमार घिमिरे लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं राष्ट्रिय गानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई) ले विजयी विद्यार्थीहरुलाई बधाई दिँदै नेपाली कला, संस्कृतीको जगेर्नाको निम्ति यि र यस्ता कार्यक्रम आवश्यक रहेको बताउनु भयो ।


यस्तै प्रतियोगिताका संयोजक एवं बूढानीलकण्ठ शैक्षिक मञ्चका उपाध्यक्ष राधेश्याम श्रेष्ठले प्रतियोगिताको औचित्य बारे प्रकाश पार्दै विद्यालयहरु विचको भाईचारा सम्बन्धको थप विकासका लागि पनि प्रतियोगिताको आयोजना गरेको बताउनु भयो ।


कार्यक्रमका सभापती एवं बूढानीलकण्ठ शैक्षिक मञ्चका अध्यक्ष कृष्ण भण्डारीले प्रतियोगितालाई सभ्य, भब्य रुपमा सम्पन्न गर्नका लागि साथ, सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै बूढानीलकण्ठ शैक्षिक मञ्चले आगामी दिनमा गर्ने कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो ।


प्रतियोगिताको निर्णायकमा तारा मानन्धर, अनिल रंजितकार,अर्चना शाक्य र सुलोचना गोपाली रहेका थिए ।


प्रतियोगिता बिहान ९ः३० बजेदेखि बेलुका ५ बजेसम्म चलेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा