शनिबार, साउन ३० २०८३
ताजा अपडेट

रवि लामिछाने पाँच लाख धरौटीमा रिहा


  • सोमबार, भाद्र ९ २०७६
28.4K
SHARES

चितवन जिल्ला अदालतले रबि लामिछाने र युवराज कँडेललाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश हेमन्त रावलको एकल इजलासले लामिछानेसँग ५ लाख र कँडेलसँग ३ लाख रुपैयाँ लिएर छाड्न आदेश दिएको हो ।

सँगैका अभियुक्त अस्मिता कार्कीलाई भने साधारण तारेखमा छाड्न आदेश दिएको छ । ‘अस्मिता कार्कीलाई चाहिं साधारण तारेखमा रिहा गर्न आदेश भयो’ अस्मिताकी कानून व्यवसायी निमा गिरीले बताइन् ।

धरौटी बुझाउनु पर्नेहरु दुईजनाको तर्फबाट अहिले रकम बुझाउने तयारी गरिरहेको बताइन्छ । पत्रकार शालिकराम पुडासैनीले गत साउन २० गते चितवनको पोखरा बसपार्कस्थित कंगारु होटलमाको एक कोठामा कार्की, लामिछाने र कँडेलले आफूलाई आत्महत्या गर्न बाध्य पारेको भिडियो रेकर्ड छाडेका थिए ।

सोही आधारमा प्रहरीले उनीहरुवि-रु-द्ध आ-त्म-ह-त्या गर्न दुरुत्साहन गरेको कसुरमा मुद्दा चलाएको थियो । ‘सरकारले पेश गरेको आ-त्म-ह-त्या दु-रु-त्साहन कसुरसम्बन्धी दाबी गरिएको भिडियोमा उल्लेख भएका विषयलाई पुष्टि हुने प्रमाण नभेटिएकोले तीनै जनालाई साधारण तारेखमा छाड्नुपर्ने हाम्रो जिकिर थियो’ गिरीले भनिन् ।

प्रतिवादी लामिछानेसहित ३ जनाको तर्फबाट डेढ दर्जन बढी कानून व्यवसायीहरुले बहस गरेका थिए । सरकारको तर्फ चार जना सहन्यायाधिवक्ताले बहस गरेका थिए । सरकारको पक्षबाट चार जना जिल्दा सहन्यायधिवक्ताले बहसमा भाग लिएका थिए ।

अहिले अदालत वरपर रबिसमर्थकको भीड लागेको बताइन्छ । रबि न्यूज २४ टेलिजिनका ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा