काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौँ अन्तर्गत रहेको क्लस्टर टप्समा आवद्ध विद्यालयहरु विच गरिएको ‘टप्स अन्तरविद्यालय तीज गीत नृत्य प्रतियोगिता’ भदौ ५ गते शुक्रबार सम्पन्न भएको छ ।
पवित्र मार्ग सामाखुशीमा रहेको महर्षि स्कूलको आयोजनामा उक्त अन्तरविद्यालय तीज गीत नृत्य प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा १३ विद्यालयको सहभागिता रहेको थियो । जसबाट यस वर्षको ‘टप्स अन्तरविद्यालय तीज गीत नृत्य प्रतियोगिता’ को उपाधि ल्याण्डमार्क एकेडेमीले जितेको छ ।
यस्तै स्वेता सदन स्कूल दोश्रो, गण्डकी पब्लिक बोर्डिङ्ग स्कूल तेश्रो, किन्डर गार्डेन स्कूल सान्त्वना र प्रन्जली स्कूलले बेष्ट ड्रेसअपको उपाधि पाएको छ ।
शुक्रबार नै विजयी टिमलाई ट्रफी, प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको थियो ।
प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको उक्त प्रतियोगितामा प्रदेश नम्वर ४ का प्रदेशसभा सदस्य प्रकाश चन्द्र दवाडी, प्याब्सन काठमाडौँ महानगर कमिटिका अध्यक्ष मुरारी प्रकाश सञ्जेल, टप्सका अध्यक्ष आर.सी. भट्ट एवं पदाधिकारी, महर्षि स्कूलका प्रिन्सिपल निर्मल पौडेल एवं स्कूल टिम, विभिन्न स्कूलका प्रिन्सिपल, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं प्याब्सन काठमाडौँका अध्यक्ष श्रेष्ठले नेपाली लोककला, संस्कृति, रीतिरिवाजको जगेर्नाका निम्ति विद्यालय स्तरदेखि नै यि र यस्ता कार्यक्रम आवश्यक रहेको बताएका थिए । जसका लागि आयोजक विद्यालय महर्षि स्कूल र संयोजन संस्था टप्सलाई धन्यवाद व्यक्त गरेका थिए ।
प्रतियोगिताको निर्णायक भुमिकामा गोविन्द प्रभात र श्रृती काफ्ले रहेका थिए ।
कार्यक्रमका सभापती एवं प्रदेश नम्वर ४ का प्रदेशसभा सदस्य प्रकाश चन्द्र दवाडीले प्रतियोगितालाई सभ्य, भव्य बनाउँका लागि साथ, सहयोग प्रदान गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गरेका थिए ।
सोही प्रतियोगितामा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले महर्षि स्कूलका प्रिन्सिपल निर्मल पौडेल र टप्सका अध्यक्ष एवं गण्डकी पब्लिक बोर्डिङ्ग स्कूलका प्रिन्सिपल आर.सी. भट्टसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।