शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

नेसनल प्याब्सन काठमाडौँको ‘जिल्लाव्यापी लोक नृत्य प्रतियोगिता’को तयारी पुरा


  • शनिबार, भाद्र ७ २०७६
33.7K
SHARES

७ भदौ, काठमाडौँ

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन ) काठमाडौँले तिजको अवसर ‘एन प्याब्सन जिल्लाव्यापी अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता’ आयोजन गर्ने भएको छ । प्रतियोगिताको तयारी पूरा भएको आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कार्यक्रम यही भदौ १० गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

प्रतियोगितामा कुल ७५ समूहकोे सहभागिता रहनेछ । बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म चल्ने प्रतियोगिका प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः नगद १५ हजार, १० हजार ५ हजारसहित ट्रफी र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । बाँकी टप १० टिमलाइ नै ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

कार्यक्रमका सहभागीले नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्कने मौलिक लोकनृत्यलाई कम्तीमा ८ र बढीमा २४ जनाको समूहमा प्रस्तुत गर्न सक्ने आयोजकको भनाइ छ । नेपाली भाषा र संस्कृतिको प्रवद्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो नेसनल प्याब्सन काठमाडौँका सञ्चार विभाग प्रमुख तथा लोक नृत्य प्रतियोगिताका कार्यक्रम संयोजक गेन्द्र लामाले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा