
६ भदौ, काठमाडौँ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौँको आयोजनामा ‘एन प्याब्सन जिल्लाव्यापी अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता’ भदौ १० गते मंगलबार हुने भएको छ ।
एन प्याब्सन काठमाडौँमा आवद्ध ७५ विद्यालयको सहभागितामा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा उक्त जिल्लाव्यापी अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता बारे शनिबार दिउँसो १ बजे सम्वाद चौतारीमा पत्रकार सम्मेलको आयोजना गर्दै विस्तृत जानकारी गराइने बताइएको छ ।
नेपाली लोककला, संस्कृति, रीतिरिवाज झल्कने मौलिक नृत्यमा हुने उक्त प्रतियोगितामा कम्तिमा ८ र बढीमा २४ जनासम्म प्रतियोगि रहन पाउने व्यवस्था राखिएको कार्यक्रम संयोजक एवं एन प्याब्सन काठमाडौँका प्रचार विभाग प्रमुख गेन्द्र लामाले बताउनु भयो ।
विजयी प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमस १५ हजार, १० हजार र ५ हजार नगद सहित ट्रफी र प्रमाण–प्रदान गरिनेछ ।
मंगलबार हुने उक्त ‘एन प्याब्सन जिल्लाव्यापी अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता’ बिहान ८ बजेदेखि सुरु गरिने बताइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।