
४ भाद्र, काठमाडौं ।
चौथौ क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि सुरु हुने भएको छ। आयोजक विद्यालय ग्रिनल्यान्ड हाई स्कूलका प्रिन्सिपल थकिनकुमार गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत सो कुरा जानकारी गराएका हुन् ।
लिग कम नकाउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको तीन समूहमा ५२ टिमको सहभागिता रहेको छ।
जुनियर छात्रमा २४ टोली, सिनियर छात्रातर्फ १२ टोली र सिनियर छात्रमा १६ टिम सहभागी रहेको प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले जानकारी गराए। जुनियर ब्वाइजमा भने कक्षा ८ सम्म अध्ययन गर्ने र ४ फिट १० इन्च सम्मको उचाइ भएकाले मात्र सहभागिता जनाउन पाउने न्यौपानेले बताए। क्विक्स चिजबल प्रमुख प्रायोजकका रूपमा सहभागी हुँदै आएको छ। नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा प्रतियोगितामा कुल ८१ खेल सञ्चालन हुनेछन्।
गत संस्करण सिनियर छात्र र सिनियर छात्रातर्पm च्याम्पियन आयोजक ग्रिनल्यान्ड स्कुल हो। जुनियरतर्फको उपाधि भने लालीगुराँस स्कुलले हात पारेको थियो।
भाद्र १३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेतालाई ट्रफी, मेडलद्धारा पुरस्कृत गरिनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।