बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

प्याब्सक बाल कुमार स्मिृती उपत्यकाव्यापी गायन प्रतियोगिताः फाइनलका लागि २२ प्रतियोगी छानिए


  • मंगलबार, भाद्र ३ २०७६
37.8K
SHARES

३ भाद्र, काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘बाल कुमार स्मिृती उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ को फाइनलका लागि २२ प्रतियोगी छनोट भएका छन् ।

भाद्र १ गते आइतबार चाबहिलमा रहेको ए वान पार्टीमा भएको मेगा अडिसनबाट फाइनलका लागि २२ प्रतियोगी छनोट भएका हुन् ।
मेगा अडिसनका लागि एक विद्यालयबाट २ प्रतियोगी सहभागि हुन पाउने प्रावधान राखिएको थियो । जसमा ५६ वटा विद्यालयबाट १०१ प्रतियोगी विद्यार्थीको सहभागिता रहेको थियो ।

छनोट हुनेमा डि.आर. मेमोरियल स्कूलबाट मालाती छेत्री, तिरुपती इङिलस स्कूलबाट ध्रुव बिके, शारदा एकेडेमीबाट आलोक थापा, त्रिमुर्ती सह–शिक्षा विद्यालयबाट अर्गिता गुरुङ, एपेक्स लाइफ स्कूलबाट आशनिया बिडारी, पुष्पलाल मेमोरियल स्कूलबाट निर्मला रुम्दाली, त्रिनेत्र विद्या निकेतनबाट सोनिया बन, पायोनियर पब्लिक स्कूलबाट दावा जाङ्बो शेर्पा, दिक्षान्त एकेडेमीबाट नाइस बन्जारा, प्राक्सिस इन्टरनेशनल स्कूलबाट रेजिना लामा, ज्ञान चक्षु इङिलस हाई स्कूलबाट निकेशन राई, बोधि सदन स्कुलबाट रिजन तामाङ, विपुल शिक्षा निकेतनबाट पृती तामाङ, प्रशान्ती एकेडेमीबाट सरिता सापकोटा, फेरिल्याण्ड इन्टरनेशनल स्कूलबाट उत्सब गुरुङ, जासेफ हाई स्कूलबाट इशान कार्की र समिक खड्का, ग्रिनलञ्च स्कूलबाट कोसिस पान्डे र अप्रतिमा भन्डारी, सेन्ट जोसेफ स्कुलबाट आकृती थापा, साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीबाट निमा शेर्पा र अर्किड पुपिल स्कूलबाट रोशा गोले रहेका छन् ।


प्याब्सकका कार्यबाहक अध्यक्ष नारायणबाबू तिम्सिनाको सभापतित्व एवं गायिका ज्ञानु रानाको प्रमुख आतिथ्यतामा गरिएको उक्त मेगा अडिसनमा नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, प्याब्सक पदाधिकारी, विभिन्न स्कूलका प्रिन्सिपल, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेका थियो ।

मेगा अडिसनको निर्णायक भुमिका सुजता बर्मा र उमेश कुमार खड्काले निर्वाह गरेका थिए ।

‘बाल कुमार स्मिृती उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ को फाइनल भाद्र १३ गते शुक्रबार राष्ट्रिय नाचघर, जमलमा हुने प्याब्सकका कोषाध्यष राजन श्रेष्ठले बताए ।

प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई क्रमस ७ हजार, ५ हजार र ३ हजार नगद सहित ट्रफी, प्रमाण–पत्रद्धारा पुरस्कृत गरिनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा