शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पौडी टोली हंगेरी प्रस्थान


  • आइतबार, भाद्र १ २०७६
34.4K
SHARES

१ भाद्र, काठमाडौँ ।
सातौं विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन ८ खेलाडी सहित १० सदस्यीय नेपाली टोली शनिबार हंगेरीको बुडापेस्टप्र स्थान गरेको छन्।अगष्ट २० देखि २५ तारिखसम्म हुने प्रतियोगितामा समान ४–४ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुषमा सैयद हम्जा शाह, गौरव लामा, वैदज्ञराज जोशी र विकास कुमाल तथा महिलामा टीसा शाक्य, अदिप्सा वैद्य, युस्का महर्जन र अनुष्का पोख्रेलले सहभागिता जनाउने छन्।

प्रशिक्षकमा ईश्वर कार्की तथा टिम व्यवस्थापकमा वैभव पौडेल रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेश कुमार सिलवाल, नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य, महासचिव जगतमान श्रेष्ठ लगायतले एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा