शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काश्मिरमा प्रहरी र सयौँ प्रदर्शनकारीबीच झडप


  • शनिबार, साउन ३२ २०७६
28.7K
SHARES

भारत प्रशासित काश्मिरमा सयौँको सङ्ख्यामा भेला भएका स्थानीयले सरकारको निर्णयको विरोधमा प्रदर्शन गर्ने क्रममा शुक्रबार भारतीय प्रहरीसँग झडप भएको छ ।

भारतले काश्मिरको अवस्था सामान्य बन्दै गएको भन्दै शनिबारदेखि सञ्चारको साधन टेलिफोन सेवालाई सञ्चालन गर्ने बताइरहेका समय शुक्रबार काश्मिरी मुसलमानहरूको एक समूह र प्रहरीबीच झडप भएको बताइएको छ । यद्यपि झडपमा प्रहरी तथा प्रदर्शनकारी के कति घाइते भए यसबारे सूचना पाउनलाई प्रशासनको धरपकडका कारण कठिनाई भएको जनाइएको छ ।

हजारौँको सङ्ख्यामा श्रीनगरमा सरकारको निर्णयविरोधी प्रदर्शन भइरहँदा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको एएफपीका काश्मिरस्थित सम्वाददाताले बताएका छन् ।

सरकारले काश्मिरलाई स्वायत्तता दिने बुँदालाई निलम्बन गरेपछि काश्मिर क्षेत्रमा विगत १२ दिनदेखि व्यापक सुरक्षा तैनादी भएको छ । सुरक्षाको समस्या देखाउँदै काश्मिरमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन र प्रदर्शन गर्न पूर्णरूपमा निषेध गरिएको छ । -एएफपी /


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा