
२८ साउन, काठमाडौं ।
युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।
लामिछानेले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, दूतावासले अस्वीकार गरेको हो।
सन्दीपले एक ट्वीट गर्दै आफूलाई अमेरिकाले भिसा नदिएको बताएका छन् ।
‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’, उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।
आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।