२८ श्रावण, काठमाडौँ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एन प्याब्सन) कागेश्वरी मनोहरा नगर कमिटीको आयोजनामा श्रावण २६ गते आइतबार ‘अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता साथै एसईई तथा उत्कृष्ट शिक्षक सम्मान कार्यक्रम’ सम्पन्न भएको छ ।
१७ विद्यालयको सहभागितामा भएको उक्त अन्तरविद्यालय लोक नृत्य प्रतियोगिताको उपाधि कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर-९ मा रहेको अर्किड पुपिल इङिलस स्कूलले जितेको छ । गोगंबुमा रहेको कान्तिपुर एकेडेमी दोश्रो, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर-९ काडाघारीमा रहेको भिमेश्वरी एकेडेमी तेश्रो र कोटेश्वरमा रहेको न्यू भिजन एकेडेमीले सान्त्वनाको उपाधि पाएको छ ।
विजयी विद्यार्थीहरुलाई क्रमस प्रथम, द्धितीय, तृतीय र सान्त्वनलाई ५ हजार, ३ हजार, २ हजार र १५ सय नगद सहित ट्रफी, प्रमाण–पत्र प्रदान गरिएको थियो ।
गोठाटार स्थित सनसिटी प्यार्टी प्यालेसमा भएको उक्त ‘अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता साथै एसईई तथा उत्कृष्ट शिक्षक सम्मान कार्यक्रम’ मध्यान्ह १२ बजेदेखि सुरु गरिएको थियो ।
एन प्याब्सनका केन्द्रिय अध्यक्ष रितु राज सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रमलाई उद्घाटन गरिएको थियो । समापन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाको प्रमुख आतिथ्यतामा गरिएको थियो ।
यस्तै कार्यक्रममा एन प्याब्सन प्रदेश नम्वर ३ का उपाध्यक्ष प्रकाश चन्द्र खड्का, एन प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, उपाध्यक्ष पुस्कर राज नेपाल, कोषाध्यक्ष श्याम योञ्जन, एन प्याब्सन सदस्य एवं प्रचार विभाग प्रमुख गेन्द्र लामा, एन प्याब्सन गोकर्णेश्वर नगर कमिटीका नवनिर्वाचित अध्यक्ष मोहन अधिकारी, विभिन्न स्कूलका प्रिन्सिपल, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा एन प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीमा आवद्ध विद्यालयबाट एसईईमा उत्कृष्ट जिपिए सहित विद्यालय टप गर्ने विद्यार्थी तथा उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो ।
बेलुका ५ बजेसम्म चलेको उक्त कार्यक्रमलाई सुनिल केसीले उद्घोषण गरेका थिए ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले कार्यक्रमका सभापती एवं एन प्याब्सन कागेश्वरी नगर कमिटीका अध्यक्ष अमृत खड्कासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।