शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेपाली युवा कमल कटुवाल भारतमा अवार्डद्वारा सम्मानित


  • शुक्रबार, साउन २४ २०७६
25.3K
SHARES

मानसिक स्वास्थ्य र सफल जीवनको बारेमा प्रभावकारी ढंगले प्रशिक्षण दिने नेपाली युवा कमल कट्वाललाई भारतस्थित एक संस्थाले ‘आइकोनिक पर्सनालिटी अफ इन्डिया २०१९’ अवार्डद्वारा सम्मानित गरेको छ।

राजधानीस्थित नेक्सस इन्टरनेसनल एकेडेमीका माननवस्रोत व्यवस्थापन प्रमुख कट्वाल भारतमा सम्मानित भएका हुन्। भारतको इन्द्रप्रस्थमा एडुकेसनल रिसर्च सेन्टर, नयाँ दिल्लीले उनलाई सम्मान गरेको हो।

उनले एकै स्थानमा १ हजारभन्दा बढी साइकोसोम्याटिक रोगबाट पीडितहरुलाई सकारात्मक जीवनका लागि डोर्‍याउन डेमोसमेत दिइसकेका छन्। सम्पूर्ण स्वास्थ्यका प्रशिक्षक, जीवन परिवर्तनका कार्यक्रम  सञ्चालक तथा स्नायू विज्ञानका अनुसन्धाता कट्वालले यसबारे डेनमार्क र सिंगापुरमा उच्च अध्ययन गरेका छन्।

यसअघि सन् २००४ मा पनि उनी भारतका राष्ट्रपति एपिजे अब्दुल कलामबाट सम्मानित भएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा