शनिबार, साउन ९ २०८३
ताजा अपडेट

हृदयघातका कारण भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन


  • मंगलबार, साउन २१ २०७६
26.6K
SHARES

नयाँ दिल्ली ।
भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मास्वराजको ६७ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ। उनको मंगलबार राति निधन भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्।
अचानक हृदयघात भएपछि राति सवा १० बजे अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो। तर अस्पतालले बचाउन सकेन।
स्वराजका श्रीमान् र अन्य पारिवारिक सदस्यका साथै केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबर्धन तथा केन्द्रीय सदस्‍य नितिन गडकरी, पियुष गोयललगायत एम्स अस्पतालमा पुगेका थिए।
उनको सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा