बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

मञ्जरी सेकेण्डरी स्कूलको ‘विद्यार्थी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न (फोटोफिचर)


  • आइतबार, साउन १९ २०७६
38K
SHARES

१९ श्रावण, काठमाडौँ ।
गोल्फुटार, स्पेसल चोकमा रहेको मञ्जरी सेकेण्डरी स्कूलको ‘विद्यार्थी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ ।


श्रावण १७ गते शुक्रबार गोल्फुटार पार्टी प्यालेसमा विद्यार्थीहरुको उल्लेख्य सहभागितामा ‘अभिमुखीकरण कार्यक्रम’ सम्पन्न गरिएको हो ।


बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म चलेको उक्त ‘अभिमुखीकरण कार्यक्रम’ को प्रमुख वक्ताका रुपमा इश्वर श्रेष्ठ रहेका थिए ।


श्रेष्ठले आफ्नो सिकाईलाई कसरी प्रभावकारी बढाउने ?, आफ्ना गुरु, अभिभावकसंग कस्तो व्यबहार गर्ने ?, कसरी आफ्नो व्यक्तित्व विकास गर्ने ? भन्ने विभिन्न विषयमा केन्द्रित हुँदै विद्यार्थीहरुलाई अभिमुख गरेका थिए ।


विद्यार्थीहरुको चौतर्फी विकासमा समर्पित रहेको मञ्जरी सेकेण्डरी स्कूलले विद्यार्थीहरुको लागि विभिन्न क्रियाकलाप गर्दै आएको छ । सोही कुराको निरन्तरता स्वरुप ‘विद्यार्थी अभिमुखीकरण कार्यक्रम’ को आयोजना गरेको हो प्रिन्सिपल टिका गौतमले बताउनु भयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा