शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

भक्तपुर–नगरकोट सडक निर्माणः चर्को दबाबपछि पाँच महिनामा सक्ने प्रतिबद्धता


  • आइतबार, साउन १९ २०७६
27.8K
SHARES

राजधानी आउने अधिकांश पर्यटकको गन्तव्य भक्तपुरको नगरकोट हुने गर्छ । नगरकोटबाट देखिने हिमशृङ्खलाको स्वाद बेग्लै हुन्छ तर आकर्षक पर्यटकीय नगरी पुग्ने सडक भने वर्षौंदेखि उबडखाबड र खाल्डाखुल्डीले भरिएको छ ।

सर्वसाधारणदेखि रमाउन र खुसी मनाउन आउने पर्यटकले सडककै कारण सास्ती भोग्नु परेको छ । यो अवस्था आउनुको मुख्य कारण हो–सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको चरम् लापरबाही । भक्तपुरको भत्केको पाटीदेखि नगरकोटसम्मको सडक निर्माण कार्यको जिम्मा पाएको नेपाली निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि र भारतीय निर्माण कम्पनी आरावली इन्फ्रा पावर लिमिटेड (एआईपीएल) जेभी हुन् ।

आधा काम गर्नुपर्ने सर्त भए पनि भारतीय कम्पनी अभैm कार्यक्षेत्रमा देखिएको छैन । सडक निर्माणमा ढिलाइ भएपछि नेपालले उच्च महìवका साथ मनाउन लागेको ‘पर्यटन वर्ष २०२०’लाई समेत असर पर्ने देखिन्छ । अलपत्र सडक निर्माणका लागि चाँगुनारायण नगरपालिका, संसद्को विकास समिति र स्थानीयवासीको चर्को दबाबमा सडक निर्माणका लागि पटक–पटक गरी तीन वर्ष समय थप भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा