शनिबार, साउन ९ २०८३
ताजा अपडेट

११औँ राष्ट्रिय वाटर रकेट इभेन्ट भोली हुने


  • शुक्रबार, साउन १७ २०७६
31.5K
SHARES

१७ श्रावण, काठमाडौँ ।
नेपाल साइन्टिफिक एक्टिभिटिज एण्ड रिसर्च सेन्टर र साइन्स टिचर्स एसोसियसन नेपालको संयुक्त आयोजनामा ११औँ राष्ट्रिय वाटर रकेट इभेन्ट–२०१९ श्रावण १८ गते शनिबार हुने भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ६, मुलपानीमा रहेको गणेश हिमाल सेकेण्डरी स्कूलको मुख्य प्रायोजनमा गरिने उक्त राष्ट्रिय वाटर रकेट इभेन्टलाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृृष्णहरी थापाले उद्घाटन गर्ने बताइएको छ ।
विभिन्न १५ जिल्लाबाट २०० प्रतियोगिहरु काठमाडौँ आईसकेका छन् । कार्यक्रमको उद्घाटन गणेश हिमाल सेकेण्डरी स्कूलमा गरिने र प्रतियोगिता भने मुलपानिमा रहेको क्रिकेट मैदानमा गरिने गणेश हिमालका संस्थापक प्रिन्सिपल पुस्करराज नेपालले बताउनु भयो ।
एक विद्यालयबाट २ जना विद्यार्थीले सहभागि हुन पाउने व्यबस्था रहेको छ ।
विजयी प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई जापानमा हुने वाटर रकेट इभेन्टमा सहभागि गराईने बताईएको छ ।
प्रतियोगिता बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा