
चार दिनको अबिरल बर्षापछि आएको बाढीका कारण प्रदेश २ मा मृतकको संख्या बढ्दै गएको छ ।
मंगलबारसम्म ३२ जनाको मृत्यु भएको प्रदेश २ मा बुधबार थप तीन जनाको शव डुबेर मृत्यु भएको अवस्थामा फेला परेको छ । यो सँगै प्रदेशमा बाढीको चपेटामा परी मृत्यु हुनेको संख्या ३५ पुगेको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार बुधबार सिरहा, धनुषा र महोत्तरीमा थप १,१ व्यक्तिको शव फेला परेको छ ।कार्यालयका प्रवक्ता एवं डिएसपी ज्ञानकुमार महतोका अनुसार रौतहटमा ९ जना, महोत्तरीमा ७ जना, धनुषा र सिरहामा ६,६ जना, पर्सामा ४, बारामा २ र सर्लाहीमा १ जनाको बाढीका कारण ज्यान गएको छ ।
मृत्यु हुनेमा २१ जना बालबालिका नै रहेका छन् । अधिकांसको डुबेर, बगेर मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबारसम्म बगेकाहरुको शव नदी किनारमा फेला पर्ने क्रम जारी रहेको प्रहरीको भनाई छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।