
बौद्धस्थित समता अस्पतालको एक कोठामा मृत भेटिएकी क्लिनरको रुपमा कार्यरत २७ वर्षीया बिमला तामाङको मत्युपछि पक्राउ परेका अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेलसहित तीनजना जेल चलान भएका छन् ।
कलासहित अस्पतालकै कर्मचारी तीर्थ कुमारी श्रेष्ठ र संगिता केसी जेल चलान भएका हुन् । उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंले जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने फैसला सुनाएको थियो ।
तर, अदालतको आदेशअनुसार तीनै जनाले ३ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनीहरु उनीहरु बुधबार जेल चलान भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
असार ३ गते अस्पतालमै तामाङको झुन्डिएको अवस्थामा शव भेटिएको थियो । उनले लेखेको सुसाइड नोटमा सञ्जेलकी श्रीमतीसहित दुई जनाको नाम लेखिएको भेटिएपछि मृतक तामाङका आफन्तले उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।