शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

सरकारी टोली र विप्लवबीच भक्तपुरमा गोप्य वार्ता, पार्टी महासचिव बनाउने आश्वासन !


  • बिहिबार, साउन २ २०७६
24.4K
SHARES

पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ। गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटलमा भएको यो छलफलले वार्ताको लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीको भनाई छ।

सरकारी टोलीको प्रतिनिधित्व तत्कालिन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले गरेका थिए। छलफलमा विप्लवका स्थायी समिति सदस्यस्तरका नेता सहभागी थिए। तर, उनको नाम गोप्य राखिएको छ।

‘यो प्रारम्भिक चरणकै छलफल हो, त्यसैले धेरै कुरा भन्न मिल्दैन। तर, छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको छ’ पाण्डेले भने। विप्लवका नेताहरुसँग आइतबार छलफल गरेपछि पाण्डे सोमबार नेपालगञ्ज पुगेका छन्। त्यही आसपास उनले मंगलबार विप्लवका शीर्ष नेतृत्वसँग वार्ता गर्ने स्रोतको दाबी छ।यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा