शनिबार, साउन ९ २०८३
ताजा अपडेट

विदेशी च्यानलले लान्छन् वार्षिक ७० करोड


  • बिहिबार, साउन २ २०७६
24.9K
SHARES

प्रस्तावित  ‘विज्ञापन ऐन, २०७६’ लाई लिएर विभिन्न खालको टिकाटिप्पणी भइरहेको अवस्थामा हालै नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले वार्षिक ७० करोड हाराहारीको रकम लैजाने गरेको तथ्य सार्वजनिक भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालबाट वार्षिक ७० करोड हाराहारीको रकम विदेशी च्यानल सञ्चालकले लैजाने गरेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

नेपालमा अत्यधिक हेरिने स्टार, सोनी एचडी, जुम, इन्डिया कास्ट, जि टिभी, एच बिओ, एबिओ र युटिभी ग्लोबलजस्ता च्यानलले मात्र यो वर्ष ६० करोड ४५ लाखभन्दा बढी रकम नेपालबाट लगेको तथ्याङमा उल्लेख गरिएको छ ।

हरेक वर्ष नेपालमा प्रशारण हुने विदेशी च्यानल वितरकहरुले नेपाल सरकारलाई बुझाएको रकमसहितको सम्झौतापत्र र नवीकरणपत्रका आधारमा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । यो समाचार नागरिक दैनिकमा स्मृति ढुंगानाले लेखेकी छिन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा