शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

घट्दै छ विदेशिनेको सङ्ख्या, खाडी जाने नेपाली कामदार १७ प्रतिशत घट्याे


  • बुधबार, साउन १ २०७६
24.7K
SHARES

काठमाडौं ।

नेपालसहित दक्षिण एसियाको मुख्य रोजगारी क्षेत्र मानिएको खाडीका ६ वटा देशमा श्रम बजार खुम्चिदै गएको छ । साउँदी अरब, संयुक्त अबर इमिरेट्न (यूएई) आमन, कुवेत, कतार र बहराइनमा रोजगारको अवसर घट्दै गएको हो ।

आर्थिक वर्ष २०७५\७६ मा विदेश जाने नेपाली कामदारको संख्या १६.९५ प्रतिशतले कम भएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अपेक्षाअनुसार बढ्न नसक्दा ती देशले ठूल्ठूला नयाँ आयोजना सञ्चालन गर्न सकेका छैनन् ।

दक्ष जनशक्ति चाहिने र सहज हुने प्रकृतिका क्षेत्रमा आफ्नै नागरिकलाई रोजगार दिने नीति उनीहरुले लिएका छन् । केही वर्षअघिसम्म खाडी मुलुकले नेपाल, भारत, बंगलादेश र पाकिस्तानबाट बढी कामदार लैजान्थे ।

पछिल्ला चार आर्थिक वर्षको तथ्याङ्कअनुसार नेपालसहित यी तीनवटै देशबाट जाने कामदारको संख्या निरन्तर घट्दो रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा