शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

उद्दार र राहतमा जुटन प्रधानमन्त्री ओलीको निर्देशन


  • शुक्रबार, असार २७ २०७६
27.2K
SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितको तत्काल उद्दार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अबिरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितहरुको तत्काल उद्दार गरी राहत र उपचारमा जुटन प्रधानमन्त्री ओलीले मातहतका सबै निकायलाई निर्देशन दिएको जानकारी दिए ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रालयहरुको समीक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्दारमा जुटन मातहतका सबै निकायलाई निर्देशन दिएका हुन् ।

मन्त्री बास्कोटाका अनुसार प्रधानमन्त्री ओलीले सर्लाहीको मलंगवाको डुबान समस्या समाधान गर्न भारतसँग कुरा गरेका थिए । त्यसैगरी प्रधानमन्त्री ओलीले रौतहटको डुबान समस्या समाधान गर्न पनि भारत सरकारसँग कुरा पनि गरेका थिए ।

सरकारी तथ्यांक अनुसार हालसम्म बाढी, पहिरो र डुबानबाट देशभरका गरी ६ जनाको ज्यान गएको पुष्टि भएको छ भने १३ जना घाइते भएको र ७ जना वेपत्ता भएका छन् ।

मन्त्री बास्कोटाले डुबान समस्याबाट सतर्कता अपनाउन आवश्यक सूचना प्रणालीको व्यवस्था गरिएको पनि बताए । बिहीबार साँझबाट सुरु भएको अविरल वर्षासँगै देशका विभिन्न भाग बाढी, पहिरो र डुबानको चपेटामा परेको छ ।

मन्त्री बास्कोटाले राजधानी काठमाडौंसहित पर्सा, भोजपुर, रामेछाप, सिन्धुली, खोटाङ, काभ्रे, सर्लाही, रौतहटलगायतका जिल्ला डुबान, बाढी र पहिरोको चपेटामा परेको पनि बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा