शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

बूढानीलकण्ठ नेवा पुचःले गर्यो पायोनिरका विद्यार्थीलाई सहयोग


  • बुधबार, असार २५ २०७६
44.6K
SHARES

२५ असार, काठमाडौँ ।
प्रस्तावित बूढानीलकण्ठ नेवा पुचःले बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११, कपनमा रहेको पायोनियर पब्लिक स्कूलका विद्यार्थीलाई सहयोग गरेको छ ।


बुधबार ३ जना विद्यार्थीलाई बूढानीलकण्ठ नेवा पुचःले पाठ्य सामाग्री तथा स्कूल व्याग हस्तान्तरण गरेको हो ।
कक्षा ८ की छात्रा दिपिका ढुंगाना, कक्षा ५ का छात्र सुशान्त घिमिरे र युकेजीका आयुश लामालाई सहयोग प्रदान गरिएको थियो ।


आर्थिक अवस्थाका कारण पढाईबाट बञ्चित हुनु नपरोस् भन्नका लागि उक्त सहयोग प्रदान गरेको प्रस्तावित बूढानीलकण्ठ नेवा पुचःका अध्यक्ष आयान श्रेष्ठले बताए । उक्त ३ जना विद्यार्थीहरुको विद्यालय शूल्क पनि बूढानीलकण्ठ नेवा पुचले सहयोग गर्ने श्रेष्ठ भन्छन् ।
विद्यालय व्यबस्थापन टिम तथा प्रिन्सिपल राजन श्रेष्ठ, बूढानीलकण्ठ नेवा पुचः टिमको उपस्थितिमा बुधबार मध्यान्ह पाठ्य सामाग्री तथा स्कूल व्याग हस्तान्तरण गरिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा