काठमाडौँ ।
टप्स अन्तरविद्यालय वादविवाद प्रतियोगिता एमिटी विट्स सह–शिक्षा विद्यालयमा सम्पन्न भएको छ ।
१४ विद्यालयको सहभागिता टप्स अन्तरविद्यालय वादविवाद प्रतियोगिता जेठ ३१ गते शुक्रबार सम्पन्न भएको हो ।
सिनियर र जुनियर गरि दुई वटा प्रतियोगिताको आयोजना गरिएको थियो । सिनियर तर्फ सामाजिक सञ्जालको प्रयोग विकृति नभई आवश्यकता हो र जुनियरतर्फ धनभन्दा विद्या ठुलो भन्ने विषयमा पक्ष/विपक्षमा वादविवाद गरिएको थियो ।
प्रतियोगितामा सिनियरतर्फ चक्रपथमा रहेको स्किम्स पब्लिक स्कूलकी छात्रा समिक्षा मैनाली प्रथम भएकी छिन् भने स्वेता सदन स्कूलकी छात्रा सुविज्ञा पाण्डे द्धितीय र लर्निङ्ग जोन एकेडेमीका स्यारोन महत तृतीय भएका छन् ।
यस्तै जुनियरतर्फ लर्निङ्ग जोन एकेडेमीका आश्ना कडेल प्रथम, ह्वाइट हेभन स्कूलका कस्तुप सुवेदी द्धितीय र लालिगुरास विद्या सदन स्कूलका सिद्धार्थ लम्साल तृतीय भएका छन् ।
विजयी विद्यालय तथा विद्यार्थीलाई शुक्रबार नै ट्रफी, प्रमाण–पत्र द्धारा पुरस्कृत गरिएको एमिटी विट्स सह–शिक्षा विद्यालयका प्रिन्सिपल सुरेन्द्र लम्सालले बताउनु भयो ।
कार्यक्रम मध्यान्ह १२ बजेदेखि दिउसो ४ बजेसम्म चलेको थियो ।
सोही प्रतियोगितामा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले टप्सका अध्यक्ष आर.सी. भट्ट र आयोजक विद्यालय एमिटी विट्स सह–शिक्षा विद्यालयका प्रिन्सिपल सुरेन्द्र लम्सालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।