
काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्यसचिवमा रमेश सिलवाल शपथ लिएका छन् । नेकपाले उनलाई चार वर्षे कार्यकालका लागि जिम्मेवारी दिएको हो ।
नवनियूक्त सदस्यसचिव सिलवाललाई युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
सिलवाल यसअघि नेपाल क्रिकेट संघ क्यानको तदर्थ कमिटिको संयोजक थिए । उनी गोल्डेनगेट कलेजका सञ्चालक पनि हुन् ।
सिलवाल तत्कालीन एमालेको भातृ संगठन युवा संघको उपाध्यक्ष समेत थिए । उनी मदन भण्डारी स्पोर्ट्स फाउण्डेशन स्थापना गर्नमा उनको ठूलो योगदान पनि रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।