
आयोजक ब्राजिलले ४६ औं संस्करणको कोपा अमेरिकाको उपाधि जितेको छ ।
नेपाली समय अनुसार सोमबार सम्पन्न खेलमा ब्राजिलले पेरूलाई ३-१ गोलले पराजित गर्दै उपाधिको रक्षा गरेको हो ।
फाइनलमा ब्राजिलले खेलको पहिलो हाफको १५ औं मिनेटमा एभरटनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ४४ औं मिनेटमा पेरूले बराबरी गोल फर्काएको थियो। सो बराबरी गोल पाओलो गुरेरोले पेनाल्टीमार्फत गरेका हुन्।
तर ब्राजिलले यो बराबरीलाई धेरै बेर टिक्न दिएन। पहिलो हाफको अतिरिक्त समयको तेश्रो मिनेटमा गोल गर्दै बाजिलले पहिलो हाफ २-१ ले आफ्नो पक्षमा पार्यो।
त्यसपछि ब्राजिलले टोलीका लागि तेश्रो गोल खेलको अन्तिम समयमा गर्यो। खेलको ९० औं मिनेटमा सो गोल रोचारलीसनले पेनाल्टीमार्फत गरे।
तेश्रो गोल गर्नुअघि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो। खेलको ७० औं मिनेटमा दोहोरो पहेलों कार्ड खाँदै ग्याब्रियल जिससले मैदान छाड्नुपरेको थियो।
ब्राजिलले कोपा अमेरिकाको उपाधि जितेको यो ९ औं पटक हो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।