शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

अवैध सम्बन्ध लुकाउन सासुको हत्या प्रयास, बुहारी पक्राउ


  • सोमबार, असार २३ २०७६
25.7K
SHARES

काठमाडौं ।
आफ्नै सासूलाई धारिलो हतियार प्रहार गरी हत्या प्रयास गर्ने इन्दुदेवी महरालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पर्साको कालिकामाईं गाउँपालिका २ भेडिहारीकी ३० वर्षीया महरालाई प्रहरीले पक्राउ गरेको हो ।

इन्दुले शनिबार दिउँसो सासु राजपती देवी महरालाई ग्रासी (धारिलो हतियार)ले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएकी थिइन् । राजपतीका श्रीमान भोजरामले जाहेरी दिएपछि इन्दुलाई प्रहरीले पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा इन्दुले आफ्नो अवैध सम्बन्ध लुकाउन सासुको हत्या प्रयास गरेको खुलेको प्रहरीले बताएको छ ।

घाइते राजपतीलाई वीरगञ्ज न्युरो अस्पतालमा भर्ना गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा