शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

काठमाडौंका नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह


  • शनिबार, असार २१ २०७६
23.2K
SHARES

काठमाडौं र आसपासमा शनिबार साँझदेखिनै अबिरल वर्षा भइरहेको छ । लगातारको परेको पानीले काठमाडौंको विभिन्न नदीमा पानीको सतह बढ्दै गएपछि सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

राजधानीको विष्णुमती नदीमा बाढीले सतर्कता तह पार गरेको छ । अन्य नदीमा समेत सतह बढिरहेको छ । राति १० बजेसम्म पनि पानी निरन्तर परिरहेकाले पानीको बहाव अझ बढ्न सक्ने जनाइएको छ ।

बिष्णुमती नदीमा पानीको सतह २ दशमलव ६७ मिटर रहेको छ । पानीको सहत २ दशमलव ५ मिटरभन्दा माथि गए सतर्कता अपनाउनुपर्दछ । नयाँ बसपार्क क्षेत्रदेखि टेकु दोभानसम्मको तटीय होचा स्थानमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तरग बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा