
२१ असार, चितवन ।
प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामालाई पत्नी शोक परेको छ ।
लामाकी पत्नी ५८ बर्षीया कान्छीमाया लामाको शनिबार विहान हेटौंडामा निधन भएको हो । उनको शवलाई हेटौडाबाट भण्डारास्थित घरमा ल्याइएको थियो । लामाको अन्तिम संस्कार बौद्ध परम्परा अनुसार चितवनको राप्ती–४ भवानीपुरको गुम्बामा अन्त्येष्टि गरिएको छ ।
उनलाई कलेजोको क्यान्सर भएको गत मंसिरमा पत्ता लागेको थियो । मन्त्री लामाले भारतमा समेत लगेर उपचार गराएका थिए ।
५८ वर्षीया लामाका दुई छोरा र दुई छोरी छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।