शनिबार, साउन ३० २०८३
ताजा अपडेट

चाबहिलमा बेलुकी छुरा हान्ने पक्राउ


  • शनिबार, असार २१ २०७६
29.8K
SHARES

फाईल तस्बिर

काठमाडौं । चाबहिलमा असार १६ गते बेलुकी २ जनालाई छुरा हान्ने पक्राउ परेका छन् ।

भक्तपुर जगाती बस्ने ओखलढुंगाका २८ वर्षीय ज्याक भन्ने विजय बानियाँ र काठमाडौं महानगरपालिका ९ रातोपुल वस्ने २१ वर्षीय सुदिप घिमिरेलाई छुरा प्रहार गर्ने ४ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

काठमाडौं कपन बस्ने उदयपुर गाईघटका २४ वर्षीय असिम लामा, कपन बस्ने उदयपुर गाईघाटका २४ वर्षीय सरोज श्रेष्ठ, काठमाडौं धुम्बाराही बस्ने भारत दार्जलिङका २१ वर्षीय सरोज राई र काठमाडौं नार्गाजुन बस्ने कास्की रामनगरका २१ वर्षीय निश्चल आले मगर पक्राउ परेका हुन् ।  उनीहरुले बानियाँ र घिमिरेलाई छुरा प्रहार घाइते बताएका थिए ।

प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको टोलीले उनीहरुलाई घटनामा प्रयोग गरेको छुरासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा