
स्याङ्जा । गल्याङ नगरपालिका, आँधीखोलामा एक बालक मृत अवस्थामा भेटिएका छन् ।
गल्याङ नगरपालिका–११ मुडकिल्लाका ९ वर्षीय सुजन भट्टराईको आँधीखोलामा डुबेर निधन भएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक शंकरप्रसाद आर्चायले जानकारी दिनुभयो ।
शुक्रबार दिउँसोदेखि बेपत्ता भएका बालकलाई हिजो आफन्त र स्थानीय वासिन्दाले खोजतलास गर्दा समेत फेला पार्न सकेका थिएनन् ।
शनिबार आँधीखोला जलविद्युत केन्द्रको ड्याम साइडमा शव फेला परेपछि विद्युत केन्द्रका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।
मृतक बालकको शव पोष्मार्टमको लागि गह्रौघ्याङ्लीङ प्राथमिक केन्द्रमा राखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।