शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सक्रिय हुन सकेन मनसुन


  • शनिबार, असार २१ २०७६
23.9K
SHARES

नेपालमा मनसुन प्रवेश गरेको घोषणा भएको हप्तादिन नाग्दासमेत मनसुन सक्रिय हुन सकेको छैन । न्यूनचापीय रेखा मध्य भारतमै अड्किएकाले नेपालमा मनसुनी गतिविधि बढ्न नसकेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

मनसुन प्रवेश गरिसके पनि केही दिन सक्रिय र केही दिन कमजोर हुने क्रम चलिरहने महाशाखाको भनाई छ । मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा तीन–चार दिनमा नेपाल आइपुग्ने अनुमान गरिएको छ ।

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वनुमान जारी गदै आज देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

आइतवार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सोमवार देशैभरी आंशिकदेखि सामान्य बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा