शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

७ जना जुवाडे पक्राउ


  • शनिबार, असार २१ २०७६
20.8K
SHARES

बुटवल ।

दाङले तुलसीपुरमा जुवाको खालबाट ७ जना पक्राउ परेका छन्  । जिल्ला प्रहरी कार्यालय दाङले तुलसीपुर उपमहानगरपालिका–१३ तुइखोलाबाट प्रहरीले ७ जनालाई पक्राउ गरेकोे हो ।

जुवाको खालबाट पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–११ वस्ने ४८ बर्षीय जनक बाँठा, सोही ठाउँको बेलटाकुरा बस्ने २९ बर्षीय सुरेश चन्द, तुलसीपुर–६ रजौरा बस्ने ५६ बर्षीय तिलकबहादुर बस्नेत, सोही ठाउँका ४३ बर्षीय हेमन्त वली, तुलसीपुर–१२ जसपुरका ४४ बर्षीय धनबहादुर केसी, तुलसीपुर–१३ ढकना बस्ने ६५ बर्षीय मोतिराम बस्नेत, दंगीशरण गाउँपालिका ४ वैबाङ्ग बस्ने ३९ बर्षीय सन्तोष शर्मा रहेका छन् ।

जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहले बताएका छन्  ।

तुलसीपुर १३ तुईखोलास्थित प्रकाश कार्कीको एक तले पक्की घरको पश्चिम तर्फको कोठामा कौडा खेलिरहेको अवस्थामा एकलाख ६२ हजार नगदसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट १६ थान कौडा, निलो रङको तास नखोलेको २ थान, खोलेको तास ३ थान, बिभिन्न कम्पनिका मोबाईल ९ थान, कौडा खेल्न प्रयोग हुने च्यादर एकथान बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई मुलुकी अपराधसंहिता ऐन २०७४ को सार्वजनिक नैतिकता विरुद्धको दफा १२५ बमोजिमको कसुरमा आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा