शनिबार, साउन ३० २०८३
ताजा अपडेट

ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु


  • शनिबार, असार २१ २०७६
22.9K
SHARES

काठमाडौं ।

बबरमहलमा ट्याक्सीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–८ का १९ वर्षीय दीपक थापा रहेका छन् ।

बबरमहल सडकमा बा२ज ११८८ नं को ट्याक्सीले बा८३प ४०३५ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार थापाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले जानकारी दिए ।

स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० का रोहितसिंह ठकुरीको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार भइरहेकोछ । दुर्घटनापछि फरार ट्याक्सी चालकको खोजी भइरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा