नवलपुर । कावासोतीमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १० नम्बरको ट्रकले नारायणगढतर्फ जाँदै गरेको लु ४९ प ३६२५ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका–७ बस्ने २७ वर्षीय मिलन भट्टराई र मोटरसाइकलमा सवार ३३ वर्षीय तारा पोखे्रलको निधन भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते दुबै जनालाई कालीगण्डकी अस्पताल लगिएको र उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।