
ग्वलः अर्थात पौराणिक पाशुपत क्षेत्र । नौवटा चोक, नौवटा डबली, नौवटा कुवा, नौवटा धारा, नौवटा इनार, नौवटा शक्तिपीठ, नौवटा क्षेत्रपाल, नौवटा पोखरी र नौवटा सम्प्रदायको संयोजनबाट बन्यो पशुपात क्षेत्र ।
गोलाकार भएका कारण यस क्षेत्रलाई लिच्छविकालअगाडि ग्वलः भनियो ।
पछिल्ला दशक पालैपालो ऐतिहासिक मूर्ति एवम् पुरात्विक महत्वका सम्पदा हराउन थालेका छन् । गोलाकार रुपमा फैलिएको पाशुपतको अस्तित्व खतरामा पर्न थालेको छ ।
पशुपति क्षेत्रबाट हराएका मूर्तिको यकिन विवरण कोषसँग छैन । हराएका मूर्तिबारे आधिकारिक जानकारी माग्दा कोषले दिन सकेन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोपीकृष्ण ढुंगाना र आकाश क्षेत्रीले लेखेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।