शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एन प्याब्सन काठमाडौँको जिल्लास्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, दिव्य ज्ञानलाई उपाधि (भिडियो)


  • मंगलबार, असार १७ २०७६
52.6K
SHARES

काठमाडौँ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल (एन प्याब्सन) काठमाडौँले आयोजना गरेको जिल्लास्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।


तिन दिनसम्म चलेको जिल्लास्तरिय हाजिरी जवाफ प्रतियोगिता चाबहिलमा रहेको विनायक सिद्ध कलेज (भि.एस. कलेज) मा शनिबार सम्पन्न भएको हो ।


एन प्याब्सन काठमाडौँमा आवद्ध करिब ६० विद्यालयहरुको सहभागि रहेको उक्त जिल्लास्तरिय हाजिरी जवाफ प्रतियोगिताको उपाधि दिव्य ज्ञान माध्यमिक विद्यालयले पाएको छ । कान्तिपुर इंग्लिस एकेडेमी दोश्रो, महाकवि देवकोटा मेमोरियल माध्यमिक विद्यालय तेश्रो र माउण्ट ग्लोरी इन्टरनेशनल बोर्डिङ्ग स्कूल चौथो भएको छ ।


जेठ ३० र ३१ गते पहिलो चरणको प्रतियोगिता भएको थियो भने शनिबार फाइन चरणको प्रतियोगिता गरिएको थियो ।


शनिबार नै विजयी विद्यार्थीहरुलाई ट्रफी, प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको थियो ।


एन प्याब्सनका अध्यक्ष रितु राज सापकोटाको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण तथा जिल्लास्तरिय हाजिरी जवाफ प्रतियोगिताको समापन कार्यक्रम गरिएको थियो । कार्यक्रममा एन प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, वरिष्ठ उपाध्यक्ष खडक बस्नेत, सह–सचिव अमृत खड्का लगायत एन प्याब्सन काठमाडौँका कार्यसमिति, विभिन्न स्कूलका प्रिन्सिपल एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


प्रतियोगितालाई एन प्याब्सन काठमाडौँका सदस्य राजन श्रेष्ठले संयोजन गरेका थिए । यस्तै दिवेश खत्रीले प्रतियोगिताको होस्टको जिम्मेवारी निर्वाह गरेका थिए ।


सोही प्रतियोगितामा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कील एन प्याब्सन काठमाडौँका सदस्य तथा प्रतियोगिताको संयोजक राजन श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा