
स्व. पेम्बा शेर्पा
१३ असार, काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १२, कपनमा रहेको बाल अपांग टेवा संस्थाका अध्यक्ष एवं समाजसेवी डेण्डी शेर्पाको २२ वर्षिय छोरा पेम्बा शेर्पाको मोटरसाइकल दुर्घटना परि निधन भएको छ ।
कपिलवस्तुको गोरुसिंहेमा बाइकमा सवार पेम्बालाई ट्रकले ठक्कर दिएको थियो ।
घाइते शेर्पालाई उपचारका लागि बुटवल पुर्याइए पनि उपचारको क्रममा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
पोस्टमार्टम पछि शेर्पाको शवलाई शेर्पा सेवा केन्द्र टुसालमा राखिएको छ।
अन्तिम संस्कार भोलि असार १४ गते १ बजे जम्बुडाँडामा हुने जनाइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।