आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

पृथ्वी राजमार्ग रातिदेखि अवरुद्ध


  • बिहिबार, असार १२ २०७६
27.5K
SHARES

माथिबाट आएको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध भएको छ ।धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको हो । लेदोमा केही सवारीसाधन समेत फँसेका छन् ।

सडकभन्दा माथि बालुवा निकालिएको छ । बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो ।राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा सडक खन्दा निस्किएको लेदो राजमार्गसम्म आएपछि राजमार्ग बिहान २ बजेदेखि अवरुद्ध भएको बैरेनीबजारका व्यवसायी नरेश खतिवडाले बताए ।

सडक छेउमा बालुवा धुने मेसिन प्रयोगले सडक माथिबाट आएको लेदो राजमार्गमा जमेकाले यसलाई व्यवस्थापन गर्नुपर्ने खतिवडाको भनाइ छ । सडक अवरुद्ध भएपछि यसलाई हटाउन बालुवा व्यवसायी र गाउँपालिकाले राजमार्गमा डोजर लगाएका छन् ।

सडक अवरुद्ध भएपछि १० किलोमिटरसम्म राजमार्गमा यातायात साधन रोकिएका छन् ।रात्रिसेवाका गाडीहरु रोकिएकाले राजमार्गमा सवारी साधनको लाम देखिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा