
११ जेठ, काठमाडौँ ।
शिक्षासेवी स्वर्गिय बाल कुमार गुरुङको देहान्त भएको आज १४औं दिन पुगेको छ ।

उक्त १४ औं पुण्यतिथिका दिन मंगलबार बिहान ७ः३० बजे चाबहिलमा रहेको विनायक सिद्ध कलेज (भि.एस. कलेज) मा श्रद्धाञ्जली सभा गरियो ।

नेसनल प्याब्सन काठमाडौँको आयोजनामा गरिएको श्रद्धाञ्जली सभामा पूर्व राज्यमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सिता गुरुङ (स्वं बाल कुमार गुरुङको दिदि), नेसनल प्याब्सनका अध्यक्ष रितु राज सापकोटा, प्याब्सनका निवर्तमान अध्यक्ष विजय सम्बाहाम्फे, नेसनल प्याब्सनका महासचिव सुवास न्यौपाने, नेसनल प्याब्सनका उपमहासचिव पारसमणि दाहाल, नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, भि.एस कलेजका क्याम्पस प्रमुख रामकृष्ण सिंखडा, नेसनल प्याब्सन काठमाडौँका सहसचिव अमृत खड्का, नेसनल प्याब्सन काठमाडौँका कोषाध्यक्ष श्याम योञ्जन, नेसनल प्याब्सन काठमाडौँका प्रचार विभाग प्रमुख गेन्द्र लामा, प्याब्सन काठमाडौँका सदस्य विवेक विनयी लगायत प्याब्सन काठमाडाँैका पदाधिकारी, विभिन्न स्कूलका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।

श्रद्धाञ्जली सभामा स्वर्गिय बाल कुमार गुरुङको तस्विरमा माल्यार्पण तथा पुष्प चढाई श्रद्धाञ्जली दिईएको थियो ।

श्रद्धाञ्जली सभामा बोल्दै नेतृ गुरुङले गहिरो दुःख भाव व्यक्त गरेकी थिइन् ।

यस्तै नेसनल प्याब्सनका अध्यक्ष सापकोटोले भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शिक्षामा बाल कुमार गुरुङले पुर्याएको योगदानलाई शिक्षाकर्मीहरुले कहिल्यै नभुल्ने बताउनु भयो ।

गुरुङको जेठ ३० गते मेडिसिटी हस्पिटलमा निधन भएको थियो ।
उनको पार्थिव शरिरलाई जेठ ३२ गते पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।
जेठ २४ गते शुक्रबार गुरुङको मस्तिष्क समस्याका कारण मेडिसिटी हस्पिटलमा सल्यक्रिया गरिएको थियो । सल्यक्रिया पछि सामान्य बोल्न सक्ने भएका थिए ।
जेठ २८ गते मंगलबार पुनः मस्तिष्कमा समस्या देखिए पछि दोश्रो सल्यक्रिया गरिएको थियो । सो पश्चात गुरुङको स्वास्थ्यमा कुनै सुधार आएन ।
जेठ ३० गते बिहिबार बेलुका ८ बजेर २० मिनेटमा गुरुङलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
४१ वर्षका स्वर्गिय गुरुङको बुबा, आमा, श्रीमती, एक छोरी छिन् ।
डेढ दशकदेखि शिक्षा क्षेत्रमा समर्पित रहेका बाल कुमार गुरुङ बौद्ध, पिपलबोटमा रहेको कान्तिपुर एकेडेमी हाई स्कूलका संस्थापक प्रिन्सिपल को रुपमा कार्यरत थिए भने प्याब्सकको अध्यक्ष, नेसनल प्याब्सन गोकर्णेश्वर नगरको अध्यक्ष, नेसनल प्याब्सन काठमाडौँको सह–सचिव समेत रहेका थिए ।
श्रद्धाञ्जली सभाको थप तस्विरहरुः











