काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, हात्तिगौडा गणेशचोकमा रहेको नेशनल युनाइटेड स्कूलले ‘सुशोभन समारोह’ सम्पन्न गरेको छ ।
बैशाखमा आयोजना गरिएको विद्यार्थीको निर्वाचनबाट विजयी भएका स्कूल क्याप्टेन, स्कूल भाइस क्याप्टेन, हाउस क्याप्टेन र हाउस भाइस–क्याप्टेन गरि ११ जना विद्यार्थीहरुलाई सुशोभित गर्दै ‘सुशोभन समारोह’ सम्पन्न गरिएको हो ।
स्कूलका संस्थापक डाइरेक्टर जेबी हमालको प्रमुख आतिथ्यतामा गरिएको उक्त ‘सुशोभन समारोह’ मा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष एवं त्रिभुवन विश्व विद्यालयका सह–प्राध्यापक रेवती प्रसाद दाहाल, विजयी विद्यार्थीहरुका अभिभावक, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा निर्वाचित विद्यार्थीहरुलाई स्यास, व्याच, प्रमाण–पत्र, अविरद्धारा सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं विद्यालयका संस्थापक डाइरेक्टर हमालले सुशोभित विद्यार्थीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विद्यालयमा अनुशासित भई उच्च नैतिक मुल्य र मान्यता स्थापना गरी अघि बढ्न उत्प्रेरणा प्रदान गर्नुभयो । अबका दिनहरुमा विद्यालयले विद्यार्थीको प्रभावकारी सिकाई विधि र असल संस्कारको निर्माण गर्दै अघि बढ्ने बताउनु भयो ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले नेशनल युनाइटेड स्कूलका इन्चार्ज सरोज शर्मासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।