उदयपुर — उदयपुरको कटारी नगरपालिका-४ मरुवाकी १ महिलाको आइतबार घाँटी रेटी हत्या भएको छ । श्रीमान् ३१ वर्षीय प्रधान राईले कान्छी श्रीमती ल्याएपछि अलग्गै बसेकी ३० वर्षीया सीता राईले आफ्नी सौता २० वर्षीया लक्ष्मी राईको हत्या गरेकी हुन् ।
श्रीमानले कान्छी श्रीमती ल्याएपछि उनी मानसिक रुपमा विछिप्त रहेको स्थानीयलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताए । श्रीमानको घरबाट १ सय मिटर पर बस्दै आएकी सिताले सौतालाई आफ्नै घरमा बोलाएर दिउँसो १ बजे कोही नभएको मौकाछोपी तरकारी काट्ने चक्कुले घाँटी रेटेर हत्या गरेको प्रहरी निरीक्षक कुर्मीले जानकारी दिए ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय कटारीबाट पुगेको टोलीले महिलासहित उनले हत्या गर्न प्रयोग गरेको चक्कु नियन्त्रणमा लिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।