
पटक पटक उपद्रो बोल्दै हिँडेका इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले फेरी माफी मागेका छन् । महिलाको चरित्रको विषयमा सुन्नै नसकिने आपत्तीजनक अभिव्यक्ति चौतर्फी आलोचनाको सिकार भएपछि मेयर चौधरीले आज एक विज्ञप्ती जारी गर्दै क्षमायाचना गरेका छन्
यसपटक चौधरीको पक्षमा कोहि पनि नउभिए पछि दवावमा रहेका चौधरीले क्षमायाचना गरेका छन् । विज्ञप्ती मार्फत चौधरीले आफुले इटहरीमा व्याप्त यौन विकृतीको विषयमा बोलेको तर महिलाहरु पनि नराम्रो बोल्ने कुनै नियत नरहेको तर पनि आफ्नो अभिव्यक्ति बाट देशैभरिका महिला दिदीबहिनीहरुको भावनामा चोट प्रति दुख व्यक्त गर्दै क्षमायाचना गर्दछु भनि मेयर चौधरीले विज्ञप्ती जारी गरेका छन् ।
यस अघि पनि पत्रकारको नाँको डाँडी भाँच्न एक करोड छुट्याएको भन्दै देशव्यापी चर्चामा आएका मेयर चौधरीले अन्तत कान समातेर उठबस गर्न परे पनि तयार छु भन्दै माफी मागेर पन्छिएका थिए । पटक पटक गल्ती गर्ने र एउटा विज्ञप्ती जारी गरेर उम्कने प्रवृती उनमा देखिएको छ । आजै मात्र प्रदेश नम्बर एक को प्रदेश सभा बैठकमा मेयर चौधरीमा तत्काल पागलखानामा राख्न विपक्षी दल नेपाली काग्रेसले माग गरेको छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।