शनिबार, साउन ३० २०८३
ताजा अपडेट

शैक्षिक हड्तालका कारण आज लाखौँ विद्यार्थीको पठन पाठन प्रभावित


  • शुक्रबार, असार ६ २०७६
28.3K
SHARES

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका तीनसहित ११ जिल्लाका शैक्षिक संस्था प्रभावित भएका छन् ।

विप्लव निकट स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीले आह्वान गरेको शैक्षिक हड्तालका कारण शुक्रबार ११ जिल्लाका शैक्षिक संस्था बन्द हुँदा लाखौँ विद्यार्थी प्रभावित भएका हुन् ।

आफ्ना कार्यकर्ताको रिहाइ माग गर्दै अनेरास्ववियु क्रान्तिकारीले काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगुमा शैक्षिक हड्तालको आह्वान गरेको छ ।

शैक्षिक हड्तालका कारण यी ११ जिल्लाका सबैजसो निजी विद्यालय र क्याम्पस बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि लाखौं विद्यार्थी अध्ययनबाट वञ्चित भएका छन् ।

अनेरास्ववियु क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा आफ्ना कार्यकर्ता गिरफ्तार गरिएका काठमाडौं उपत्यकाका तीन जिल्लासहित उल्लिखित ११ जिल्लामा आज शुक्रबार एक दिनका लागि शैक्षिक हड्ताल गरिएको उल्लेख छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा