
विश्व योग दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गर्दै योग दिवसको शुभकामना दिएका थिए ।
सोही ट्विटलाई मेन्सन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली मै जवाफ फर्काएका छन् ।
ट्विटमा मोदीले भनेका छन्, ‘योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु,’।
भारतीय प्रधानमन्त्री मोदीकै प्रस्तावमा संयुक्त राष्ट्रसंघले जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाउन सहमति गरेको थियो ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।